Logo
Logo

काठमाडौंमा टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला



काठमाडौं । टीभीएस मोटसाइकलले ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ सुरु गरेको छ । चाडपर्वको अवसरमा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई लक्षित गर्दै टीभीएसका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले विशेष छुट, नगद उपहार र एक्सचेन्ज सुविधासहित मेला सुरु गरेको छ ।

असोज ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा रहने मेलमार्फत ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर बुझाएर टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिन पाउनेछन् ।

एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप दश हजारसम्म मुल्याङ्कन पाउनेछन् । ग्राहकले नयाँ सवारी खरिद नगरी एक लाखसम्म र खरिद गरेपछि दश लाखसम्मको आकर्षक उपहार प्राप्त गर्नसक्ने टीभीएसले जानकारी दिएको छ ।

शुन्य प्रतिशत व्याजदरको विशेष सुविधासहित मेलामार्फत ग्राहकले किस्ताबन्दीमा सवारी किन्न पाउनेछन् । यस अफरमा प्रि–बुकिङ् गरे मात्र पनि ग्राहकले दुई हजार बराबरको आकर्षक उपहार पाउनेछन् ।

योजना अन्र्तगत ग्राहकले एक्सचेन्जमा किस्तावन्दी सेवा पाउनेछन् । कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गए त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम किस्तावन्दीमा बुझाउने गरी ग्राहकले साधन किन्न पाउनेछन् । उक्त सेवाका लागि सुरुवाती किस्तावन्दी दर ५ हजार ९ सय ९९ मासिक रहेको टीभीएसले जानकारी दिएको छ ।


मेलाको उद्दघाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए । मेला उद्दघाटन गर्दै अध्यक्ष अग्रववालले भने– ‘टीभीएसले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नवीनतम् प्रविधिका मोटरसाइकल तथा स्कुटर भित्र्याउने गरेको छ । नेपालीहरुको महान् चाड दशैं नजिकिदैँ गरेको बेला कम्पन्ीले सुरु गरेको एक्सचेन्ज मेलाले ग्राहकलाई थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’

जगदम्बा मोटर्स नेपालमा टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुमार्फत जगदम्बाले मोटरसाइकल र स्कुटर विक्रि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्