Logo
Logo

बल्ल फिर्ता पाए योगेशले प्रवक्ताको जिम्मेवारी



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी प्रवक्ताको जिम्मेवारी फिर्ता पाएका छन् । एमाले एक हुँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेपछि खोसिएको जिम्मेवारी पार्टी विभाजन भएपछि फिर्ता पाएका हुन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुँदा माधवलाई छोडेर केपीलाई रोजेका भट्टराईले मुल पार्टीमै रहने निर्णय गरेको करिव एक महिनापछि पुरानै जिम्मेजारी पाएका छन् ।

अध्यक्ष ओलीले योगेशबाट प्रवक्ताको जिम्मेवारी खोसेर विश्वास पात्र प्रदीपकुमार ज्ञवालीलाई दिएका थिए । शुक्रबार भने एमाले सचिवसमेत रहेका ज्ञवालीले पार्टीको एक बैठकमार्फत भट्टराईलाई प्रवक्ताको जिम्मेवारी फिर्ता दिएका हुन् ।

एमालेमा प्रचार विभाग प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ । प्रचार विभाग प्रमुख मुल पार्टीमै रहने निर्णयमा पुगिसक्दा पनि ओलीले प्रवक्ताको जिम्मेवारी फिर्ता गरेका थिएनन् । तर, माधव छोडेर केपी रोजेका नेताहरुले सहमति कार्यान्वयन नभएको भन्दै दबाब दिन थालेपछि भट्टराईले प्रवक्ताको जिम्मेवारी फिर्ता पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्