Logo
Logo

२७ वर्षमै केन्द्रीय महाधिवेशन प्रतिनिधीमा दाबी



बागलुङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन महाधिवेशन प्रारम्भ भएर ५६ वटा जिल्लामा वडा अधिवेशन सकिएको छ । बाकीँ २१ जिल्लामा असोज ५ गते वडा अधिवेशन सम्पन गर्ने कांग्रे को कार्यतालीका छ ।

यो पटक देशैभरका वडाहरुबाट युवाहरुको उपस्थिती बाक्लो देखिएको छ। वाडबाट निर्वाचित सभापती र क्षेत्रिय प्रतिनीधीहरुले निर्वाचित गरेर केन्द्रमा पठाउने महाधिवेशन प्रतिनीधीहरुले नै केन्द्रको नेत्रित्व चुन्ने कांग्रेस को विधान छ।

केन्द्रमा युवाहरुले नेतृत्व दाबी गर्नुपर्ने, युवाहरुको वर्चस्व केन्द्रमा कायम राख्ने रणनितीमा वाडबाट आउने युवा प्रतिनीधीहरु छन् ।

यसैक्रममा बाग्लुङ जिल्ला क्षेत्र न २ बाट २७ वर्षीय यदुराम सापकोटाले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधीमा दाबी गरेका छन् । उनले महाधिवेशनमा आफ्नो क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनीधी पदमा प्रत्यासी बन्ने घोषणा गरेका हुन् ।

अबको नेतृत्व युवा पुस्ता गर्नुपर्ने उनको भनाइ छ । युवा पुस्ताले नेतृत्व लिन तयार छ भन्ने सन्देश दिनको लागि आफू मैदानमा उत्रिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्