Logo
Logo

नेपालले अमेरिकालाई दियो १ सय ७५ रनको लक्ष्य



काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।

शुक्बार अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भयो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पारी खेले । उनले १ सय ५ बलमा ३ चौकासहित ५५ रन जोडे ।
ज्ञानेन्द्र बाहेक अन्य नेपाली ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन ।

ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके। कुशलले ४३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।

रोहित पौडेल २ रनमै आउट भए । विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए ।

डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे।
कुशल मल्ल भने शून्यमै आउट भए ।

सोमपाल कामी २ रनमा आउट हुँदा करण केसीले ११ बलमा २ चौका हिर्काउँदै १२ रन जोडे। सन्दीप लामिछाने १२ बल खेलेर ११ रनमा आउट भए।

बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले ४ विकेट लिए। केल फिलिप्सले ३ विकेट हात पारे ।

नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । ।

प्रतिक्रिया दिनुहोस्