Logo
Logo

‘खुला मञ्चलाई खुला राखौँ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ वैशाख । खुला मञ्च अतिक्रमण भएको भन्दै स्थानीय र सम्पदा संरक्षणका अभियान्ताहरु आन्दोलित भएका छन् । उनीहरुले बिहीबार खुलामञ्चमा जम्मा भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरपालिकाको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएको उनीहरुको आरोप छ । बिहीबारदेखि उनीहरुले ‘खुला मञ्चलाई खुला राखौँ’ अभियान सुरु गरेका छन् ।


प्रदर्शनमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानदेखि नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईसमेत सहभागी थिए । काठमाडौंको सीमित खुला क्षेत्रमध्ये एक खुलामञ्चमा हाल काठमाडौं महानगरपालिकाले बसपार्क चलाएको छ ।
पुरानो बसपार्कमा ब्यापारिक टावर बनाउन दिएर महानगरपालिकाले खुलामञ्च ठेकेदारलाइ जिम्मा दिएको हो । ठेकेदार कम्पनीले खुलामञ्चमा ४० वटा नयाँ ब्यापारिक सटर हालेको छ । जसका कारण खुलामञ्च अतिक्रमणको शिकार हुन पुगेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । ती सटरप्रति सटर ब्यापारीसँग ६ देखि १२ लाख रुपैयाँ उठाएर बिक्री गरिँदै आएको बताइन्छ । तर, यसबारे काठमाडौंमा महानगरपालिका मुकदर्शक बनेको छ । धमाधम बनिरहेका सटरबारे समेत थाहा नभएको महानगरपालिकाले जनाएको छ ।
विरोधपछि महानगरपालिकाले यस विषयमा हेर्न भन्दै उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति बनाएको छ । तर, अहिलेसम्म कुनै काम थालेको छैन ।

प्रतिक्रिया दिनुहोस्