Logo
Logo

एमाले निकट कर्मचारी संगठन फुट्यो




काठमाडौं ।
एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन फुटेको छ । एक पक्षले अर्काेलाई कारबाही गरी आफुलाई आधिकारिक घोषणा गरेका छन् ।


माधव नेपाल निकट कर्मचारी नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष केदार देवकोटा लगायतलाई कारबाही गरेर महासचिव रेवन्त गौतमलाई अध्यक्षमा घोषणा गरेको छ । साथै आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा मोहन घिमिरेलाई पठाउने निर्णय गरेको छ ।
केदार देवकोटा पक्षले भने आधिकारीक ट्रेड यूनियनबाट सबैलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेके थियो । तर, यसरी फिर्ता बोलाउँदा दुई तिहाई चाहिने भएकाले त्यस निर्णयको आधिकारीतामा प्रश्न उठ्ने अवस्था छ ।


शनिबार दुवै पक्षले समानान्तर भेला गरेका थिए । दुवै पक्षले आफुसँग बहुमत रहेको दाबी गरेका छन् ।
२०५४ सालमा एमाले फुट्दा संगठनमा भने एकता थियो । यसपटक भने संगठन फुटेको छ ।

माधव नेपाल पक्षको प्रेस बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्