Logo
Logo

हिम्मतवालीका हिरो विश्व भरीको प्रहरीको खोजीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ बैशाख ।
नायिका रेखा थापासँग मिलेर हिम्मतवाली नामक फिल्म बनाएका तथा अभिनय गरेका सुदर्शन गौतमविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड नोटिस जारी भएको छ । मानवतस्करीको आरोपमा क्यानाडा उनीमाथि यस्तो नोटिस जारी भएको हो । अब उनलाई क्यानाडाबाट पक्राउ गरेर नेपाल ल्याउन सहज भएको छ । उनले दर्जनौं नेपाली युवाहरुलाई अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । जसमध्ये कतिपयको समुन्द्रमा मृत्यु भएको थियो ।

 


उनका केही सहयोगीलाई महानगरीय अपराध महाशाखाले एक वर्षअघि नै पक्राउ गरेको थियो । करिब एक वर्षको प्रयासपछि उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी उमेशराज जोशीले बताए । इन्टरपोलको सक्रियतामा उनीविरुद्ध रेड नोटिस जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्