Logo
Logo

कोरोनाले ज्यान गुमाएका दुई डिएसपीलाई वीरता पदक




काठमाडौं । कोरोना महामारीको समयमा जनताको सुरक्षाका लागि लड्डालड्दै आफैं संक्रमित भएर ज्यान गुमाएका नेपाल प्रहरीका दुई अधिकृतलाई सम्मानस्वरुप सरकारले वीरता पदक दिने निर्णय गरेको छ ।

संविधान दिवसको अवसरमा डिएसपीद्वय राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिने निर्णय भएको हो । कोरोनाको दोस्रो महामारीमा गत जेठमा उनीहरुले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्