Logo
Logo

निर्माण कम्पनीको लापरबाहीले बस्तीमा बाढी



दाङ । दाङको लमही नगरपालिका–३ टिकुलीगढमा गएराति अविरल वर्षापछि आएको बाढी बस्तीमा पसेपछि १२ घरमा क्षति पु¥याएको छ । बाढीका कारण अन्नपात समेत नष्ट भएको छ ।

पहाडबाट झर्ने विभिन्न खहरे खोलाको बाढी टिकुलिगढस्थित निर्माणाधीन नहरमा जम्मा भएर गाउँमा बाढी पसेको स्थानीयको भनाइ छ । विगतका वर्षहरुमा पनि यो समस्या देखिँदै आएको थियो । यसपटक भने समस्याले उग्ररुप लिएको छ । आफ्नो जीवनकालमा पहिलोपटक घर अगाडि यति ठूलो बाढी देखेको स्थानीय मनकुमारी डाँगीको भनाइ छ ।

‘कच्ची घर ढल्छ कि भन्ने डरले छ जनाको परिवार रातभर जागाराम बस्यौँ । घर भित्र पसेको पानी पराँतले फाल्दै बस्यौं तर, घरमै रहेको सम्पूर्ण खाद्यान्नमा क्षति भयो । जोगाउन सकिएन’ बाढी पीडित डाँगीले भनिन् । यता वर्षभरी खाने भनेर खेतमा रोपिएको धानमाथी खोलो हिँडेर बगरमा परिणत भएको छ ।

बाढीका कारण दर्जनबढी परिवार विस्थापित भएका छन् । मंगलबार राति अकस्मात वर्षा भइ आएको बाढीले सिंगो गाउँलाई त्रसित बनाएको छ । माटो फिलिङको ठेक्का लिएको एक बर्ष बितिसक्दा समेत ‘जलजला निर्माण सेवा’ कम्पनीले काम पूरा नगरी गैरजिम्मेवारीपन देखाउँदा यो समस्या आएको पिडितहरुको आरोप छ ।

नारायपुर सिंचाइ प्रणालीको कार्यसमिती तथा स्थानीयबासीको निरन्तर दवाबका बाबजुत पनि निर्माण कम्पनी जलजला निर्माण सेवाको लापरबाही र सिंचाइ ब्यबस्थापन कार्यालय नै यसको जिम्मेवार भएको नारायपुर सिंचाइ प्रणालीका कार्य समिती सचिव लोकमणी बन्जाडेको भनाई छ । बन्जाडेले क्षतिको पूर्ण विवरण संकलन गरि तत्काल क्षतिपूर्तिको ब्यवस्था हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्