Logo
Logo

निशुल्क स्वास्थ्य शिविर




बुटवल । बुटवलमा क्रियाशील लायन्स लियो क्लब, बुटवल आँखा अस्पताल र लुम्बिनी बस टर्मिनलले एक महिने निशुल्क स्वास्थ्य शिविर राखेको छ । बुटवलस्थित बसपार्कमा १ महिने निशुल्क आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने शिविरको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री अजय शाहीले बुधबार शुभारम्भ गरे ।

उक्त अवसरमा बोल्दै मन्त्री शाहीले निशुल्क शिविर राखेर संस्था र क्लवले महत्वपूर्ण काम गरेको बताए । यस्ता कामलाई संचारकर्मीले प्राथमिकता दिनपर्ने उनले जोड दिए । आफू पनि प्रेसर, सुगर र आँखाको विरामी भएको बताउँदै मन्त्री शाहीले शिविरमा प्रेसर, सुगर र आँखा परीक्षण गराए ।

शिविरमा अति बिपन्न वर्गलाई मोतिबिन्दु लागेको फेला परेमा उपचार खर्च अपुग भए त्यस्ता विरामीलाई आवश्यकता हेरि निशुल्क उपचारसमेत गरिने लुम्बिनी बस टर्मिनल संयोजक एवं समाजसेवी युवा हरि क्षेत्रीले बताए ।

यसअघि कोरोनापिडितलाई खाना खुवाउने काम गरेको र आगामी दिनमा विपन्न परिवारलाई कपडा वितरण कार्यक्रम गर्ने आयोजना रहेको क्षेत्रीले बताए । लायन्स अर्जुनमान सैँजुले लाईन्स लियोलगायत विभिन्न संस्थाले बुटवलको सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । उक्त शिविरमा विभिन्न ठाउबाट आउने यात्रुहरूले समेत लाभ लिन सक्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्