Logo
Logo

ललितकला विकासका लागि रकम अभाव : कर्माचार्य


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ वैशाख । ललितकलाको विकासका लागि रकम अभाव रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)का कुलपति केके कर्माचार्यले बताएका छन् । शुक्रबार नाफाको नवौँ प्राज्ञसभाको बोल्दै उनले यस्तो बताएका हुन् ।
प्राज्ञसभाको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गरेका थिए । सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिउ । उनले सबै जाति, समुदायका कला तथा संस्कृतिले भरिएको हाम्रो मुलुकले अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएको भन्दै देशभरका ललितकलाकर्मीलाई एकीकृत गरी उनीहरुका सिर्जनालाई प्रवद्र्धन गर्न नाफाले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कायक्रममा कुलपति कर्माचार्यले कलासाहित्यका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सकिने विचार व्यक्त गर्दै ललितकलाको समुन्नतिका लागि विभिन्न परियोजना कार्यान्वयनका लागि स्रोतको अभाव रहेको बताए ।
त्यस्तै, उपकुलपति गोपाल चित्रकारले प्रतिष्ठानलाई प्रदेशस्तरमा विकास गरी स्थानीय तहदेखि नै ललितकला क्षेत्रलाई संरक्षण गर्नका लागि गृहकार्य भइरहेको बताए । सदस्य सचिव विपीन घिमिरे र जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले नेपाली कला क्षेत्रले विश्वकला जगत्मा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेकाले त्यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । नाफाले प्रत्येक वर्ष मार्च ११ मा अरनिको स्मृति दिवस मनाउने निर्णय पनि गरेको छ । कार्यक्रममा प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्