Logo
Logo

बैंककै कर्मचारीको खाताबाट २७ लाख चोर्ने युवक समातिए




सुनसरी । धनीलाई थाहा नै नदिई हस्ताक्षर कीर्ते गरी आफ्नो खातामा ल्याउने एक युवक पक्राउ परेका छन् । इलाम जिर्मले घर भई हाल रोङ गाउँपालिका–५ का केशव राईलाई प्रहरीले पक्राउ गरेको हो ।


उनलाई इटहरी–४ तुलसा टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतरामा सहायक पदमा काम गर्दा पार्वती विष्टको खातामा रहेको रकम किर्ते दस्तखत गरी आफ्नोमा ल्याएको उजुरीमा उनी पक्राउ परेका हुन् ।

सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको छ। पक्राउ परेकै दिनबाट उच्च अदालत विराटनगरको आदेशले हिरासत लिई अनुसन्धान थालिएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्