Logo
Logo

रासनमा बदमासी गर्ने तीन एसपीमाथि छानबिन




काठमाडौं । रासन तथा अन्य बदमासीमा संलग्न सशस्त्र प्रहरीका एसपीमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । बिशेष गरि २ नम्बर प्रदेश अन्तर्गत सर्लाहीस्थित १० नम्बर गणका एसपी गंगाराम श्रेष्ठ , ६ नम्बर गण सप्तरीका एसपी राजु श्रेष्ठ तथा ७ नम्बर गण सिरहाका एसपी दिपेन्द्र गिरिमाथि छानबिन सुरु भएको स्रोत बताउँछ ।


बिगतदेखि नै ती जिल्लामा तस्करी बढेको र त्यसलाइ २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्र प्रकाश गौतमको समेत संरक्षण रहेको मुख्यालयको बुझाइ छ । माछा र आलु समात्ने तर ठुला तस्करीमा आंखा चिम्लने गरेको आरोप उनीमाथि छ । तस्करी र रासनको अनियमिततासम्बन्धि प्रमाणसहितका उजुरी परेपछि मुख्यालृले छानबिन थालेको हो ।
यता पहाडका गुल्मबाट अधिक बिदा छोडेर राशनमा अनियमितता गर्नेमाथि पनि सशस्त्र मुख्यालयले निगरानी थालेको छ । पांचथरका डिएसपी किशोर श्रेस्ठ , दोलखाका डिएसपी बुद्धिनारायण महर्जन लगायतमाथि निगरानी बढाइएको स्रोत बताउँछ । ती गुल्मविरुद्ध पनि उजुरी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्