Logo
Logo

चिसापानीमा विद्युत् विस्तार


- दृष्टि न्युज/संवाददाता


खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउापालिका–५ स्थित चिसापानीबजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । सो क्षेत्रको प्रमुख व्यापारिक केन्द्र रहेको चिसापानीबजारका ६६ घरमा विद्युत् विस्तार गरिएको हो ।गाउँपालिका, विद्युत् प्राधिकरण र संसदीय विकास कोषको बजेटबाट विस्तार गरिएको विद्युत् लाइनको शुक्रबार सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभयो ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चिसापानीबजारमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेसँगै स्थानीयवासीमा खुशीयाली छाएको छ । टुकी र सोलारको भरमा रात कटाउँदै आएका स्थानीयवासीको घरमा चौबीसै घण्टा बिजुली बलेपछि हर्षित भएका छन् ।

विद्युत् विस्तार भएसँगै चिसापानीबजारमा इमेल÷इन्टरनेट, कम्प्युटर चलाउन, टेलिभिजन हेर्न, कुटानीपिसानीका मिल सञ्चालनलगायतका काम सहज भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि सबैभन्दा बढी विद्यार्थीलाई सहज भएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताउनुभयो । गाउँपालिकाको केन्द्रबाट विस्तार शुरु गरिएको विद्युत् क्रमशः बाँकी वडामा पनि विस्तार गर्ने काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्