Logo
Logo

चिनियाँ राष्ट्रपति सि जिनपिङबाट स्वागत


- दृष्टि न्युज/संवाददाता


चिनियाँ राष्ट्रपति सी चिनफिङबाट स्वागतचिनियाँ राष्ट्रपति सी चिनफिङ ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’मा आज हुने कार्यक्रममा सहभागी हुन आएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै । तस्बिर : रासस

बेइजिङ, १४ वैशाख । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’मा शनिबार (आज) सहभागी हुन आएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा पुगेकी छन् । बेइजिङको बाहिरी भागमा यान्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्