Logo
Logo

श्रीपेच लगाएर ‘राजा’ बन्न खोज्ने युवकमा मानसिक समस्या




काठमाडौं । नारायणहिटी दरबार संग्रालयमा अवलोकनका लागि गएर राजाले लगाउने श्रीपेच लगाउन खोज्ने युवकमा मानिसक समस्या पाइएको छ । श्रीपेच राखिएको फुलेटप्रुफ सिसाको बक्सा फुटाउने प्रयास गरी रुकुमका खिमबहादुर घर्तीले श्रीपेच लगाउने खोजेकोमा उनलाई सुरक्षाकर्मीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


शुक्रबार बिहान उनी संग्रालय अवलोकनका लागि टिकट काटेर छिरेका थिए । श्रीपेच राखिएको ठाउँमा पुगेपछि सिसा फुटाउन खोजेका थिए । लगत्तै कर्मचारी र सैनिकले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेपछि उनले श्रीपेच लगाउन सके आफु राजा हुने भएकाले त्यसो गरेका बताएका छन् । परिवारले उनमा मानसिक समस्या रहेका जनाएको छ ।
पक्राउ परेका घर्तीलाई महानगरीइ प्रहरी वृत्त दरबारमार्गले कानूनी कारबाही प्रक्रिया अघि बढाउने काठमाडौं परिसरका एसपी रमेश बस्नेतले बताए । वैदेशिक रोजगारीमा बहराइनबाट फर्किएका उनको मानसिक स्वास्थ्य ठिक नभएकाले त्यसो गरेको हुनसक्न आशंका गरिएको छ ।
दुई वर्षअघिदेखि संग्रालयमा श्रीपेच प्रदर्शनीमा राखिएको हो । बुलेटप्रुफ सिसा, सिसिक्यामेरा लगायतको ‘हाइटेक’ सुरक्षा प्रबन्ध गरी श्रीपेच प्रदर्शनीमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्