Logo
Logo

आइएमएस् लिटिल स्माइलको ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर



काठमाडौं । आइ एम एस् लिटिल स्माइलले दशैंको अवसरमा ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर ल्याएको छ । साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा समेत छुटको अफर ल्याएको छ ।

डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता उत्पनदनमा २५ प्रतिशतसम्मको छुटको अफर रहेको आइएम एस् लिटिल स्माइलले जानकारी दिएको छ ।

ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन् । साथै, २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन् ।

आइ एम एस् लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउने बताइएको छ ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइ एम एस् लिटिल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा संचालन गरिएको छ ।

मल्टि ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्