Logo
Logo

प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते


- दृष्टि न्युज/संवाददाता


क्यालिफोर्निया, १५ बैशाख (एपी) । अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् ।
गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाउनुभएको छ । अमेरिकी इतिहासमै यहूदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहूदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।
सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहूदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्नेक्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए । गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्