सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा भट्टराई « Drishti News – Nepalese News Portal
Logo

सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा भट्टराई


दृष्टि न्यूज



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम प्रसाद भट्टराईलाई खटाइएको छ । विभाग सरकारकै शक्तिशाली निकायमध्ये एक मानिन्छ ।


यसअघि महानिर्देशक रहेका गजेन्द्र ठाकुरलाई ६ महिनामै हटाएर भट्टराईलाई नियुक्त गरिएको हो । उनी यसअघि भक्तपुरका सिडिओ थिए । एक ठूलो गिरोहले उनलाई विभागको महानिर्देशक बनाएको स्रोत बताउँछ । महानिर्देशक भएका भट्टराई गत वर्ष महानिर्देशक रहेका रुपनारायण भट्टराईका आफ्नै भाई हुन् ।


विभागमार्फत अनुसन्धान गर्न भन्दा अनुसन्धानमा रहेका ठूला फाइल तामेलीमा लैजाने योजनाअनुसार उनी त्यहाँको महानिर्देशक बनाइएका हुन् ।

प्रतिक्रिया दिनुहोस्