Logo
Logo

आरोपी भारत पुगेपछि प्रहरीद्वारा छानबिन समिति गठन




काठमाडौं । प्रहरीको अनुसन्धानमा भएको कमजोरीका कारण अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी दुर्गाबहादुर बुढाथोकीले सफाई पाएको आरोप लागेपछि अनुसन्धान अधिकृतमाथि छानबिन सुरु गरेको छ। प्रहरीले प्रतिवादीको नागरिकता पुष्टि नगरी सरकारी वकिलको कार्यालयमा बुझाउँदा सफाई पाएको सार्वजनिक भएपछि महानगरीय प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

महानगरीय प्रहरी कार्यालयका एसएसपी चक्र बहादुर सिंहको नेतृत्त्वमा छानबिन समिति गठन भएको हो । सिआइबीले ०७७ पुष १४ गते इलामको पशुपतिनगरमा रहेको भारतसँगको सीमा क्षेत्रबाट बुढाथोकीलाई पक्राउ गरेको थियो । प्रहरी निरिक्षक नानीकाजी थापाले अनुसन्धान अधिकृत थिए । यसमा सिआइबी तथा काठमाडौं परिसरका एसएसपी अशोक सिंह, मुद्दा शाखाका डिएसपी नरेन्द्र चन्द लगायतको कमजोरी रहेको स्रोत बताउँछ ।
असोज ५ गते काठमाडौं जिल्ला अदालतले बुढाथोकीलाई सफाई दिएको थियो। ’नेपाली हो हैन पुष्टि हुन नसकेको’ भन्दै सफाई दिएपछि प्रहरीले अनुसन्धानको क्रममा नागरिकता सर्लाहीबाट नझिकाएको खुलेको थियो। तर बुढाथोकी सफाइ पाएपछि हाल भारत पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्