Logo
Logo

आठौं एनएमबी बैंक हेरिटेज वाक


- दृष्टि न्युज/संवाददाता


काठाडौं । एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विगत वर्षहरुदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।


बैंकले विगत ७ वर्ष देखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका थिए । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगी समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।

साथै बैंकले आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कायालयहरुमार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्