असोज २१ बाट फिल्म हल खुल्ने « Drishti News – Nepalese News Portal
Logo

असोज २१ बाट फिल्म हल खुल्ने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना माहामारीका कारण १८ महिनादेखि बन्द रहेका फिल्म हल २१ असोजदेखि खुल्ने भएका छन् । घटस्थापनाको दिन पारेर फिल्म हल खोल्ने तयारी गरिएको नेपाल चलचित्र संघमा महासचिव अशोक शर्माले बताए ।

शर्माका अनुसार सोही दिनदेखि स्वदेशी तथा विदेशी फिल्म प्रदर्शनमा आउनेछन् । हिन्दी फिल्मले माहोल तताएपछि राम्रा नेपाली फिल्म पनि लाग्ने शर्माले विश्वास व्यक्त गरेका छन् ।
शर्माले फिल्म हल खुल्ने र स्वदेशी तथा विदेशी फिल्म चल्ने बताए पनि लगानीकर्ता भने लगानी डुब्ने डरले फिल्म रिलिज गर्ने मनस्थितिमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्