Logo
Logo

यती एयरलाइन्सले भित्र्यायो एटीआर–७२–५०० विमान


- दृष्टि न्युज/संवाददाता


काठाडौं । यती एअरलाइन्सले आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा शुक्रबार चौथो एटीआर–७२–५०० बिमान भित्र्याएको छ । उत्पादन क्रमसंख्या एमएसएल–७५४ तथा नेपाली रजिष्ट्रेशन नं. नाइन एन– एएनसी रहेको उक्त बिमान २६ अप्रिल २०१९ का दिन थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।

भिजिट नेपाल– २०२० वर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्नेछन् भन्ने विश्वास यति एअरलाइन्सले लिएको छ । एटीआर–७२–५०० एक फ्रान्सेली–इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटीआर–७२ विश्वमै सबैभन्दा सफल क्षेत्रिय क्यारियर बनेको छ । साथै एटीआर–७२ ले विश्वबजारमा आफ्नो उपस्थिति बलियो बनाउदै गइरहेको छ ।

एटीआर–७२–५०० दुई प्राट एण्ड व्हिट्नी पीडब्लु १२७ इन्जिनहरुद्धारा सञ्चालित छ र ह्यामिल्टन सन्डस्टान्र्ड कम्पोसाइट प्रोपेलरहरुबाट सुसज्जित छन् । यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन,इन्धन बचत, उल्लेखनिय ध्वनीको कमी र कम ग्रीन हाउस ग्याँस उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्दछन् ।
एटीआर–७२–५०० विमानको सुप्रसिद्ध संचालकहरुमा एयर न्यूजिल्याण्ड, एयर लिङ्गस, एसपीएस, होपी, अजुल, बैंकक एयरवेज, इन्डिगो, मालिन्डो एयर आदि पर्दछन् ।

यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटीआर–७२ बाहेक ब बीएई सिस्टको जे४१ विमान ५ वटा र भगिनी संस्था तारा एअरको दुई डोरनियर डु २२८ र चार डीएचसीसिक्स ट्वीनअटर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई संजालबाट आफ्नो सेवा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्