Logo
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ग्राम सुन बरामद


1.3k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ८ सय ग्रम सुन बरामद गरिएको छ । मलेशियाबाट फर्किएका १५ यात्रुको साथबाट ७५० ग्राम बराबरको सुनको बला र सिक्री बरामद गरिएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेश नाथ बाँस्तोलालका अनुसार उक्त सुन कारोबार गर्नेहरूले पठाएका थिए । सुन लिएर आउनेले उक्त सुन ‘मेरो होइन्न’ भनेपछि उनीहरूलाई छाडिएको एसएसपी बाँस्तोलाले बताए । उनीहरू मलेशियाबाट सिंगापुर ट्रान्जिट हुँदै काठमाडौं आएका थिए ।

सुन संकलन गर्न विमानस्थल पुगेका दुई जनालाई भने प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय समुन्द्र दंगाल र संखुवासभा घर भएका ४३ वर्षीय सन्तवीर राई रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ४९ दशमलव ९ ग्रामको ३ थान बाला पनि बरामद गरिएको छ ।

सुन तस्करी गर्ने समूहले विदेशबाट फर्किनेहरूलाई ‘भरिया’ बनाएर १४ थान बाला र १ थान सिक्री पठाएको सुराकीका आधारमा अपराध महाशाखा र विमानस्थल प्रहरीले अप्रेशन चलाएको थियो ।

मलेशिया विमानस्थलबाट सुन पठाउनेहरूले नेपालमा ओर्लिएपछि ‘सामान काठमाडौं विमानस्थल आसपास तथा होटलहरूमा रिसिभ गर्न आउनेलाई दिनु’ भनेर पठाएको सुन उनीहरूले बताएका छन् ।

बरामद गरेको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी बाँस्तोलाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्