Logo
Logo

‘दुई तिहाइको सरकार, जनतालाई ग्यास खोई ?’


0
Shares

काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्ने माग राख्दै नेकपा (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सरकारले खाना पकाउने ग्यासको वितरण प्रभावकारी रूपमा गर्न नसकेर आफ्नो असक्षमता देखाएको बहुमतको आरोप लगाएको छ ।

The current image has no alternative text. The file name is: nekapa-bahumat.jpg

बहुमतका पार्टीका नेता–कार्यकर्ताहरूले माइतिघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले पछिल्लो समय बढ्दो महँगी नियन्त्रण गर्नसमेत माग गरेका छन् । उनीहरूले ‘भोको पेटले के भन्छ ? – भरी ग्यास दे भन्छ’, ‘महँगीको मार, ग्यासको हाहाकार कहाँ छ सरकार ?’, ‘दुई तिहाइको सरकार, जनतालाई ग्यास खोई ?’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्