Logo
Logo

ईपीएल : काठमाडौं र पोखराबीचको खेल पनि स्थगित


315
Shares

काठमाडौं । राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेको हो ।

वर्षाको कारण कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र पोखराबीचको खेल टससमेत हुन सकेन । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका थियो । तर, मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो ।

वर्षाका कारण हिजो सोमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाडाैं र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्