Logo
Logo

चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु, कैयौँ बेपत्ता



एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराइरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरूको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्