एमाले युवा संघमा असन्तुष्टि बढ्दै, एकैसाथ २३ जनाले दिए राजीनामा « Drishti News – Nepalese News Portal
Logo

एमाले युवा संघमा असन्तुष्टि बढ्दै, एकैसाथ २३ जनाले दिए राजीनामा


दृष्टि संवाददाता


काठमाडौं । केपी ओली नेतृत्वको नेकपा एमालेमा मधेसका युवामा असन्तुष्टि बढ्दै गएको छ । पार्टी र संगठन निर्माणका लागि रगत पसिना बगाएकाहरु उपेक्षामा पर्ने र नवधनाढ्यहरु हावी हुँदै गएको भन्दै जनवर्गीय संगठनबाट युवाले धमाधम राजीनामा दिन थालेका छन् ।

सात प्रदेशमध्ये सबैभन्दा कमजोर देखिएको प्रदेश नम्बर २ मा राष्ट्रिय युवा संघबाट एकैपटक २३ जना केन्द्रीय सदस्य र ५ जना युवा संघकै स्थायी कमिटी सदस्यले राजीनामा दिएका छन् । प्रदेशमा रघुविर महासेठजस्ता नवधनाढ्य र अवसरवादीहरु हाबी भएको उनीहरुको आरोप छ । राजीनामा दिनेमा युवा संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का प्रदेश इन्चार्जसमेत रहेका छन् ।

केन्द्रीय अनुशासन आयोगका दिनेश सिंह, केन्द्रीय सचिवालय सदस्यहरु ईद मोहम्मद साफी, अभिषेक अग्रवाल र राम उद्गार यादवलगायत १९ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

यसअघि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटीमा रहेका राकेशराज गिरी, नरेश साह तुरहा, केन्द्रीय सदस्यत्रय निवेश कुमार, वीरवल कुशवाहा र संजय यादवले संयुक्त राजीनामा बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्