Logo
Logo

श्रीमानको मोटरसाइकलको कर मिनाहा गर्न प्रदेश सांसदको पत्र



काठमाडौं । प्रदेश-२ की सांसद प्रमिला यादवले श्रीमानको निजी मोटरसाइकलको कर मिनाहा गर्न यातायात कार्यालय लहानलाई निवेदन लेखेकी छन् ।

सांसद प्रमिलाले श्रीमान् अशोक यादव चढ्ने स. ३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सम्मको कर छुट गरिदिन अनुरोध गर्दै यातायात कार्यलयलाई निवेदन लेखेकी हुन् । अशोक उनको स्वकीय सचिव समेत हुन् ।

सो छुटको निवेदन लिएर अशोक यातायात कार्यालय पुग्दा यातायातका प्रमुख मीन भट्टराईले कर छुटका लागि मन्त्रीस्तरकै निर्णय ल्याउनुपर्ने भनेर पन्छाएको स्रोतको भनाइ छ ।

त्यसपछि अशोकले इन्स्योरेन्स नविकरण गराएर फर्केका थिए । सांसद यादवले भने मोटरसाइकलको कर छुट गरिदिन आफूले पत्र नलेखेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्