Logo
Logo

लुम्बिनी विकास बैंक र कुटी रिसोर्टबीच सम्झौता



काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्ट प्रालिमा आफ्ना ग्राहक महानुभावलाई बिभिन्न सेवा तथा सुविधामा छुट दिनको लागि सम्झौता गरेको छ । कुटि रिसोर्ट पोखराको मुटु तथा मुख्य पर्यटकीयस्थल फेवातालको नजिक रहेको छ ।

सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका आफ्ना सम्पूर्ण ग्राहकलाई कुटी रिसोर्टका बिभिन्न सेवा तथा सुबिधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । कुटि रिसोर्टको विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहक महानुभावले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ पुल, स्पा तथा स्उनाको आनन्द लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दीपक खनाल र कुटि रिसोर्टको तर्फबाट मेनेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले ग्राहकलाई निःशुल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्