Logo
Logo

संगीतकार बिजुको निधन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ बैशाख । संगीतकार विजु बज्रको असामयिक निधन भएको छ । आइतबार बिहान घरबाट निस्कन क्रममा अकस्मात लडेपछि उनलाई तत्काल सिभिल हस्पिटल पु¥याइएको र अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
गुल्मी मुसिकोटस्थित वामी टक्सारका संगीतकार बिजु केही समयदेखि मुटु रोगको विरामी थिए । विजु चालिसको दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका थिए । बिजुको निधनले नेपाली गीतसंगीत क्षेत्रले एक कुसल संगीतकारको गुमाएको छ । उनले गीतकार उत्तम नेपाली, शशिविक्रम शाहदेखि समकालिन गीतकारहरुसँग समेत सहकार्य गर्दै आएका थिए ।
बिजुको संगीतमा फत्तेमान राजभण्डारी, योगेश वैद्य, कर्णदास, सुगम पोखरेल, रेश्मा सुनुवारलगायतका दर्जनौँ गायक÷गायिकाले स्वर दिएका । ‘मै ठूली भइछु रे’, ‘विस्तारै छायो आँखामा’लगायतका उनी संगीतबद्ध गीत चर्चित छन् । उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने संगीतकार संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्