Logo
Logo

कुमारी र यतिको सहकार्यमा ‘कुमारी स्काई क्लव’ कार्ड



काठमाडौं। कुमारी बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘स्वाइप एण्ड फ्लाइ’ अभियान सुरु भएको छ । अभियान अन्र्तगत यती एयरलाइन्सको स्काइ क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर ‘कुमारी स्काई क्लव’ कार्ड जारी गरिने बताइएको छ ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकले अब हरेक खरिदमा सो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगर्दा पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भन्दै हवाई यात्राका लागि बैंकका ग्राहकहरुलाई प्रोत्साहीत हुने जनाए ।

एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कुमारी बैंक र एयरलाइन्सबीचको साझेदारीले दुबैका ग्राहकले जुनसुकै समयमा सो सुविधा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे ।

यस किसिमको सहकार्य दुबै पक्षका लागि नवीन र महत्वपूर्ण भएको रिमालको भनाई छ । ‘स्वाईप एण्ड फ्लाई अभियान’ले बैंकका ग्राहकले कुमारी स्काई क्लब कार्डबाट खर्च मात्र नभई खर्च गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकले यती एयरलाइन्सको निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् ।

यतीका व्यापार प्रमुख युवराज विष्टले बैंक र एयरलाइन्सको साझेदार ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुने जानकारी दिए । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्ने र आवश्यकतानुसार एएरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्