Logo
Logo

भ्रष्टाचारमा दोषी ठहर व्यक्ति एमालेको अनुशासन आयोगको सचिव


132k
Shares


काठमाडौं । पार्टीमा अनुशासन कायम गराउने निकायमा भ्रष्टाचारमा दोषी ठहर व्यक्ति चयन भएका छन् । नेकपा(एमाले)ले भ्रष्टाचारमा दोषी ठहर भएका भरत पहारीलाई अनुशासन आयोगको सचिव बनाएको हो । अकुत सम्पत्ति आर्जन मुद्दामा उनलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।


दुई वर्षअघि पहारीविरुद्ध भ्रष्टाचारको मुद्दामा फैसला हुँदा उनी दोषी ठहरिएका थिए। ९८ लाख ९३ हजार रुपैयाँ बराबरको सम्पतिको स्रोत नखुलेको भन्दै विशेष अदालतले उनलाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो।


अख्तियारले पहारीले अकुत सम्पति कमाएको भन्दै २०७३ साउन २४ मा ४ करोड रुपैयाँ भन्दा धेरैको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


उनी इन्जिनियरीङ अध्ययन संस्थानका पूर्व डिन हुन् । अकुत सम्पत्तिबाट उनले पोखराको लेकसाइडमा स्वीस इन्टरनेशनल होटल बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्