अफ्रिताको ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक « Drishti News – Nepalese News Portal
Logo

अफ्रिताको ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । भ्वाइस अफ नेपाल सिजन–३ को सेमी फाइनलिस्ट अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ ।

गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतमा बाल्यकालको साथी सँगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ ।

कुलेखानी र ललितपुरमा छायाँकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन् । सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन् । भिडियोमा हाङ चेम्जोङको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्