Logo
Logo

महिलाको हत्या, श्रीमानसहित तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता


तौलिहवा, १६ वैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगंगा खोला किनारमा आज सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक सुनिताका श्रीमान २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । पक्राउ परेका तीन जनाउपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्