Logo
Logo

ललितपुरको बिग मार्टद्वारा ग्राहकलाई ठगी, २० हजार जरिवाना




काठमाडौं । डिपार्टमेन्ट स्टोर बिग मार्टले महंगो मुल्य लिएर सर्वसाधरणलाई ठग्दै आएको पुष्टि भएको छ । ललितपुरको एक विग मार्टलाई जिल्ला प्रशासन कार्यालयले बुधबार २० हजार रुपैयाँ जरिवाना गराएको छ ।

बिग मार्टमा अनुगमन गर्दै टोली


उच्च मूल्य लिएको खुलेपछि ललितपुरका सहायक सिडिओ ललित बस्नेत नेतृत्वको टोलीले जरिवाना गरेको हो । त्यस्तै, पाटनस्थित भाटभटेनी सुपर मार्केटमा रहेका ६ वटा रेस्टुरेन्टलाई पनि जरिवाना गरिएको छ ।


बिहीबार जैसवाल स्टोर र सर्किना ट्रेडर्सलाई जरिवाना गरिएको छ ।
गत १० गते सुमेरु सिटी अस्पताल, लबिम मलमा रहेको लेभल थ्रि रेस्टुरेन्ट, रोडहाउस, डल्ले मःमलाई १०÷१० हजार जरिवाना गरेको थियो ।
ललितपुरमा बजार अनुगमनलाई प्रशासनले तिव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्