Logo
Logo

आजदेखि अखिल क्रान्तिकारीको बन्दसत्र, नेतृत्वमा को आउलान् ?



काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आज (शुक्रबार)देखि बन्दसत्र सुरु हुँदैछ ।

अखिल क्रान्तिकारीकी उपाध्यक्ष पन्चा सिंहका अनुसार दिउँसो १२ बजेदेखि कार्की पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन हुने तय भएको छ ।

बन्दसत्रमा संगठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेण्डाका विषयमा व्यापक छलफल हुनेछ ।

यसअघि बिहीबार प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए ।

प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्दै सहमतिमै नेतृत्व चयनमा जोड दिएका थिए । नेतृत्वको चाहना नै सहमतिबाट नेतृत्व चयन गर्ने भएकाले करिब आधा दर्जन दावेदारबाट एक जना नेतृत्वमा सहमतिमा चयन गर्न प्रयास हुनेछ ।

अखिलको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्