Logo
Logo

एमाले बनाउने नेताविनाको विधान महाधिवेशन



काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार १२ बजे महाधिवेशनको उद्घाटन गर्दैछन् । यो एमालेको पहिलो विधान महाधिवेशन हो ।

पहिलो पटक हुन गइरहेको विधान महाधिवेशनमा देशभरका नेता तथा कार्यकर्ता भेला भएका छन् । एमालेको यस ऐतिहासिक विधान महाधिवेशनमा एमाले बनाउनेमध्येका केही नेताहरुको भने उपस्थित हुने छैन ।

यस महाधिवेशनमा माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपानेलगायतका नेताहरु सहभागी हुने छैनन् । जसले लामो समय एमालेको नेतृत्व गरेका थिए । उनीहरुले नै एमालेलाई संगठित बनाउँदै यहाँसम्म ल्याएका हुन् । एमाले विभाजनसँगै नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल गठन भइसकेको छ ।

एमाले निर्माणमा महत्वपुर्ण योगदान दिएका नेता नेपाल, खनाल र गाैतमविनै हुन लागेको यो महाधिवेशनले एमालेले आफ्नो ४ वर्षे नीति निर्धारण गर्दैछ । महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी दस्तावेज पेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्