Logo
Logo

बाँकेमा अवैध २८ क्रसर सञ्चालनमा, सिडिओदेखि सबैको मिलेमतो




नेपालगञ्ज । नेता,प्रशासन, प्रहरी र व्यापारीको मिलमेतोमा बाँकेमा सबै जसो अवैध क्रसर सञ्चालनमा आएका छन् । ठूलो आर्थिक चलखेलका आधारमा मापदण्डविपरीतका क्रसर सञ्चालनमा आएका हुन् ।


एक वर्षअघि मापदण्ड पालना गर्न सर्तमा जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले २३ वटा क्रसरको बिद्युत् लाइन सुचारु गर्न लगाएका थिए । एक वर्ष पुग्दा पनि ती क्रसरले कुनै मापदण्ड पूरा गरेका छैनन् । मापदण्ड नपुगेकालाई अहिले फेरि सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।


नदीखोला, निकुञ्ज तथा वन, मानव वस्ती क्षेत्रबाट निश्चित दुरी क्रसर सञ्चालन गर्न पाइनेमा त्यसको मापदण्ड पालना गरिएको छैन । खरिद बिल भन्दा धेरै उत्खनन समेत गरेर स्टक राखिएको छ । एपेक्स कन्काइ खड्का कृष्ण जेभी तथा कुमार कन्ट्रक्सनले निर्माण व्यवसायीसँग मिलेर राष्ट्रिय गौरवका आयोजनाका लागि भनेर उत्खनन गरेका गिट्टी तथा बालुवा बिक्रि गर्दै आएका छन् । बाँकेका सिडिओ शिवराम गेलाल, जिसिअ प्रमुख अजय श्रीवास्तव, एसपी श्यामकृष्ण अधिकारी तथा व्यवसायी मिलेर अवैध धन्दा चलाएका हुन् । यसमा आन्तरिक राजश्व कार्यालयका प्रमुखको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।


यस्तो छ बाँकेका अवैध क्रसरको विवरणः

प्रतिक्रिया दिनुहोस्