Logo
Logo

एमालेमा वरिष्ठ नेता र उपमहासचिव पद खारेज



काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ ।

यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने व्यवस्था रहेको थियो । अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् । त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो ।

त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ । यसअघि आयोगमा अध्यक्ष र सचिवमात्र हुने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्