Logo
Logo

एनआईबिएल एस क्यापिटलको नवौ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाडौंमा नवौ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिसबमोजिम आव २०७७÷७८ को नाफाबाट चुक्ता पूँजीको २६ प्रतिशत नगद लाभांशसमेत दिने भएको छ ।

एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी तुलजंग पाण्डेले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारणसभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक सदस्यहरु दीपककुमार श्रेष्ठ, बन्दना थापा, रविन्द्र भट्टराई र आनन्दकुमार भट्टराईको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी नियमन निकायका प्रतिनिधि, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत अन्य पदाधिकारीको समेत साधारणसभा उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्