Logo
Logo

सिन्धुलीमाडी बजारमा ग्लोबल आइएमईको १३७औं शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले २०७६ वैशाख १६ गते सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका–६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सिन्धुली शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ ।

 

सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १३१ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्