Logo
Logo

यस्ताे छ ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् ।

ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गरेको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको बताएका छन् ।

जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका छन् । उनले एमाले कार्यकर्ताहरूमा पछिल्लो समय समयमा कुनै मापदण्डविनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापतको शुल्क, लेबी अरू कसैले तिरिदिनुपर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको पाइएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्