Logo
Logo

कामना विकास बैंकद्वारा युनिफोकल रीडीङ ग्लासको शुभारम्भ



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले युनिफोकल रीडीङ ग्लास (Unifocal Reading Glass) को सेवा शुभारम्भ गरेको छ । ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा सो सेवाकाे शुभारम्भ गरेकाे बैंकका इन्चार्ज सौगात आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसात् गरी बैंकले सो कार्य गरेको हो । विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक युनिफोकल रीडीङ ग्लासको सेवा शुभारम्भ गरेको उनले जानकारी दिएका छन् ।

उक्त सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था बनेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका छन् ।

बैंकले यस अगाडि पनि दृष्टिविहीन व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्