Logo
Logo

साफ च्याम्पियनसिपः आयोजक माल्दिभ्सलाई हराएर नेपालको विजयी सुरुवात




काठमाडौं ।
नेपालले साफ च्याम्पियनसिप फुटबलमा बलियो प्रतिस्पर्धी रहेको आयोजक देश माल्दिभ्सलाई हराएर विजयी सुरुआत गरेको छ ।

मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले ८५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । उनी ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।


यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्