Logo
Logo

चेन्नइ र दिल्ली आइपिएलको प्लेअफमा




काठमाडौं । यूएइमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)को शुक्रबारको खेलमा पंजाबले कोलकत्तालाई पराजित गरेको छ । कोलकत्ताले दिएको एक सय ६६ रनको लक्ष्य पाँच विकेटको क्षतीमा पञ्जाबले पूरा गरेको हो ।


शुक्रबारको खेलमा पञ्जाबको जितको फाइदा दिल्ली क्यापिटललाई समेत भएको छ । शुक्रबारको नजिताअनुसार दिल्ली प्लेअफमा पुगेको छ । यसअघि चेन्नइ सुपर किंग्स् प्लेअफमा पुगिसकेको छ ।


१४ मध्ये ११ खेलमै चेन्नई र दिल्ली प्लेअफमा पुगेका हुन् ।
पहिलोस्थानमा रहेको चेन्नईको १८ तथा दोस्रो स्थानमा रहेको दिल्लीको १६ अंक छ । तेस्रो स्थानमा रहेको बैंगलोरको १४ अंक छ । तीनै टिमले समान ११ खेल खेलेका छन् । हारका बाबजुत कोलकोत्ता चौथो स्थानमा छ । तर, उसले १२ खेल खेलिसकेको छ । अब प्लेअफका लागि बाँकी टिमहरु बैंगलोर, कोलकोत्ता, पंजाब, राजस्थान र मुम्बईबीच प्रतिस्पर्धा हुने छ । हैदरावाद भने इलिमेनेसनमा परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्