Logo
Logo

लिपुलेक र कालापानीमा पनि जनगणना हुँदै



काठमाडौं । दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ । तथ्यांक विभागले फिल्डमै पुगेर जनगणना गर्ने जनाएको हो ।

सरकारले शुरु गरेको जनगणना कार्यक्रमलाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रिय तथ्यांक विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने बताए ।

उनका अनुसार व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्नेछन् । यस अघिको तथ्यांकमा सात सय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।
कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कुटनैतिक पहलबाट अथवा वैकल्पिक विधि अपनाएर गणना गरिने उनले बताए ।

विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट फिल्डमा पठाइसकेको छ । विभागले असोज १८ गतेभित्र सम्पन्न गर्ने पहिलो चरणको घर सूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्