Logo
Logo

स्वर्ग अनुभुत गराउने भोजपुरको चखेवा भञ्ज्याङ (तस्विर)



काठमाडौं । भोजपुर जिल्ला र खोटाङ जिल्लाको सिमानामा अवस्थित टेम्के डाँडा पर्यटनको लागि अति सुन्दर गन्तब्य हो । त्यही टेम्के डाँडाको फेद हो, चखेवा भञ्ज्याङ अर्थात चखेवा डाँडा । चखेवा भञ्ज्याङ काठमाडौंबाट धरान हुँदै पनि मोटरसाइकलमा नै पुग्न सकिन्छ ।

चखेवा भञ्ज्याङबाट टेम्केको टुप्पो पुग्न ८ किलोमिटर मोटरसाइकलमा पूगन सकिन्छ । भञ्ज्याङबाट टेम्के टुप्पोमा पुग्न पैदल हिड्दा करिब २ घण्टा लाग्छ । टेम्के डाँडा ३१०० मिटरको उचाईमा पर्छ । त्यहाँबाट ६ वटा हिमाल र ३६ वटा जिल्ला पनि देखिन्छ । टेम्के डाँडाको प्रमुख द्वार चखेवा डाँडा हो । भोजपुर बजारबाट ३८ कि मि पश्चिममा पर्छ । प्रदेश नं एकको सुन्दर सानो चखेवा डाँडामा पुगेपछि स्वर्ग जस्तो अनुभुति हुने त्यहा आउनेहरु बताउँछन् ।

तस्विर : क्लिक धरानबाट

प्रतिक्रिया दिनुहोस्