Logo
Logo
कला

‘सोचाइ र भोगाइमा फरक रहेछ कला क्षेत्र’



सलक्क ज्यान, गहुँगोरो र उचाई पाँच फिट ७ इन्च । मोडल युरिका लामाको बाहिरी हुलिया हो यो । मोडलिङ वा कलाकारितामा खुलापन हुनुपर्छ भन्ने मान्यता राख्छिन् उनी । मानौँ, उनी हलिउड र बलिउडबाट प्रभावित छिन् । चार वर्षदेखि मोडलिङमा रमाउँदै आएकी २१ वर्षीया युरिकालाई ‘विकिनी गर्ल’ भन्दा आपत्ति छैन । उनी भन्छिन्, ‘मेरो लागि विकिनी एक्सपोज ठूलो कुरा होइन । पहिलो फिल्ममै विकिनी एक्पोज गरेर चर्चामा आएकी हुन् उनी । दाङमा जन्मिएकी युरिका भन्छिन्, ‘थाहा छैन, विकिनीसुटमै किन बढी अफर आउँछ ?’ तीन दर्जनको हाराहारीमा र्याम्प शो गरिसकेकी युरिका अभिनीत ‘सन्नी सन्नी’ गीतको भिडियो हालै सार्वजनिक भएको छ, जसमा उनी ‘स्वीमसुट’मा देखिएकी छन् । ‘मिस प्लस–२’मा पार्टिसिपेन्ट भएपछि मोडलिङ ‘करिअर’ सुरु गरेकी मोडल युरिका लामासँग एमपी सुब्बाको जम्काभेट :


मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?

रहर सानैदेखि थियो । तर, जब ब्युटिप्याजेन्ट ‘मिस प्लस–२’मा पार्टीसिपेन्ट भएँ, त्यसपछि मात्र मोडलिङ सुरु गरेकी हुँ । त्यस्तै, चार वर्ष भयो होला ।

सानैमा कसरी मोडलिङप्रति प्रभावित हुनुभयो ?

सानो हुँदा गीत बजेको सुन्नेवित्तिकै ऐना हेरेर नाच्न थाल्थेँ । त्यतिखेर कसरी त्यो रहर जाग्यो थाहा छैन । बुझ्ने भएपछि मोडल बन्ने इच्छा बढ्दैगयो । त्यही इच्छा र रुचीका कारण फेसन टिभी बढी हेर्थे । फेसबुक पेजहरु सर्च गरेर हेर्थेँ । त्यहीक्रममा ‘मिस प्लस–२’मा सहभागी भएँ । ‘मिस प्लस-२’ सेकेण्ड रनरअप भएपछि मोडलिङ करिअर सुरु गरेकी हुँ ।

म्युजिक भिडियोमा आउनुअघि र्याम्प मोडलिङ गर्नुहुन्थ्यो ?

हो, अहिले पनि र्याम्प मोडलिङलाई निरन्तरता दिइनै रहेकी छु । म्युजिक भिडियोमा आएकोचाहिँ तीन वर्षमात्र हुँदैछ । यस अवधिमा धेरै म्युजिक भिडियो गरेकी छैन । म्युजिक भिडियोमा काम गर्ने सोच भएरपनि सोचेको जस्तो नभएपछि गरिनँ ।

अहिलेसम्म आफूले भनेजस्तो भिडियो गर्नुभएको छैन ?

केही दिनअघि रिलिज भएको ‘सन्नी सन्नी’ गीतको भिडियो मलाई चित्त बुझेको छ । तैपनि लिड रोलमा छुइन । ग्रुपिङमा गरिएको भएपनि ‘सन्नी सन्नी’ भिडियो मैले सोचेजस्तै भएको छ ।

‘सन्नी सन्नी’ गीतको भिडियोमा स्वीमसुटमा देखिनुको भएको छ । त्यो अलिक बढी एक्पोज भएन र ?

मोडल भएपछि जुनै क्यारेक्टर पनि गर्न सक्नुपर्छ । मैले यो भिडियोभन्दा अगाडि नै विकिनीमा एक्पोज गरेकी थिएँ । जुन फिल्म सेन्सरले ‘भल्गर’ भनेर रिलिजमा रोक लगाइदियो ।

‘सन्नी सन्नी’को एक्पोज लास्ट स्टेप हो कि त्योभन्दा माथि पनि जान सक्नुहुन्छ ?

मेरो अन्तिम एक्पोज होइन । त्योभन्दा माथि जान सक्छु । कथा र निर्देशकको क्रियशनलाई एउटा कलाकारले मर्न दिन हुन्न भन्ने मान्यताअनुरुप म बोल्ड एक्पोज दिन तयार छु ।

तपाइँलाई किन विकिनी क्यारेक्टरमै अफर आउँछ ?

त्यो त मलाई पनि थाहा छैन । अहिलेसम्म मलाई विकिनी क्यारेक्टरमै बढी अफर आएको छ । भर्खरैमात्र पनि विकिनी फोटोसुटका लागि अफर आएको छ । सायद मेरो उचाइ हेरेर उहाँहरुले अफर गरेको हुनसक्छ ।

अहिलेसम्म कहाँ कहाँ र्याम्प शो गर्नुभयो ?
काठमाडौं, पोखरा, धनगढीलगायतका सहरमा २० भन्दा बढी र्याम्प शो गरिसकेकी छु । सबैभन्दा ठूलो र्याम्प शो हालै होटल सोल्टीमा ज्वलरीको गरेकी थिएँ ।

तपाइँको प्राथमिकता र्याम्प कि म्युजिक भिडियो ?

र्याम्पबाट आएकी भएपनि अहिले म्युजिक भिडियो र फिल्मी अभिनयलाई प्राथमिकता दिएकी छु । र्याम्प शोलाई साइडमा राखेकी छु ।

ग्ल्यामरस क्षेत्र सोचेजस्तो लागिरहेको छ कि छैन ?

यो क्षेत्र सोचाई र भोगाइमा धेरै फरक रहेछ । मलाई लाग्थ्यो, आफूमा ट्यालेन्ट भएर राम्रो पर्फमेन्स गर्न सकियो भने अगाडि बढ्न सकिन्छ । तर, त्यस्तो नहुने रहेछ । यो क्षेत्रमा कम्प्रमाइज गर्न सक्नेहरु मात्र अगाडि बढ्ने रहेछन् । यो चार वर्षमा म अगाडि बढ्न नसक्नुको कारण पनि यही हो कि म कम्प्रमाइज गर्दिनँ । म सँग ट्यालेन्ट नभएको भए छुट्टै हुन्थ्यो । तर, मसित प्रतिभा र कला छ, त्यसैले ‘कम्प्रमाइज’ गर्दिन ।

तपाइँलाई त्यस्तो ‘कम्प्रमाइज’का लागि प्रस्तावहरु पनि आयो ?

एक पटक आएको थियो । लगानी गरेर मोडल बनाएपछि निर्माता/निर्देशकले ‘कम्प्रमाइज’ गरौँ भने । मैले ‘कम्प्रमाइज’ नमान्दा सुटिङ भइसकेको भिडियो समेत रिलिज गरिएन । तर, दुःख लागेको छैन किनकि, शरीर बेचेर होइन, कला बेचेर आफूलाई अगाडि बढाउनु भन्ने मैले सिकेकी छु ।

तपाइँ मोडल कि अभिनेत्री ?

मोडल र अभिनेत्री दुवै हुँ । अहिलेसम्म मोडलमात्र भएपनि भविष्यमा फिल्ममा काम गर्ने इच्छा छ ।

तपाइँका लागि फिल्म बन्नुपर्यो भने कस्तो हुनुपर्छ ?

लभस्टोरी । जुन फिल्मबाट दर्शकलाई फूल्ली इन्टरटेनमेन्ट होस् ।

प्रतिक्रिया दिनुहोस्