Logo
Logo

कास्कीका सिडिओको सात महिनामै सरुवा




काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका सिडिओको हेरफेर भएको छ ।


सरुवामा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई सात महिनामै हटाइएको छ । कास्कीमा जयनारायण आचार्यलाई पठाइएको छ । उनी हुम्लाको सीमा विवादको अध्ययनमा खटिएका थिए ।


गृहकै सहसचिव कमलराज ढकाललाई भोजपुर, सुशील बैद्यको लमजुङमा पठाइएको छ । महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकर बहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जिजी राना, मुगुमा रोम बहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ

प्रतिक्रिया दिनुहोस्